एशिया कप व्हिल चियर क्रिकेटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । नेपालले जारी एशिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ । 

कीर्तिपुरस्थित त्रिवी मैदानमा आज ‘बिहीवार’ भएको दोस्रो खेलमा नोपल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । 

१ सय ४९ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको बंगलादेशले १८ दशमलब ३ ओभरमा मात्र २ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग¥यो । बंगलादेशको लागि मोहमद रिपोन उडिनले सर्वाधि ५० रन जोडे ।  

त्यस्तै जाबेद अहमेदले ३८ रन, साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले समान १—१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनको योगफल तयार पारेको थियो ।  नेपालका लागि होमनाथ राईले ३६ रन, कप्तान दिगम सिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ तथा विष्णु पुकार श्रेष्ठले १६ रन जोडे । यता बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए ।

यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निक्कै कमजोर बनेको छ । यसअघि हिजो ‘बुधवार’ भएको पहिलो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले भोली ‘शुक्रवार’ पाकिस्तानसँग तेस्रो खेल खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?