प्रनिमको ‘सुनसान रातमा’

काठमाडौं । गायक प्रनिम राईले आफ्नो नयाँ गीत ‘सुनसान रातमा’ सार्वजनिक गरेका छन् ।  

उनले ‘फुलेर फुल, अरुले भन्दा, तिम्रो हातमा’ जस्ता गीतका गायक राईले आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन्। 

सेन्टिमेन्टल पप भर्सनको सुनसान रातमा बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ।

गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन् । गीतको भिडियोमा प्रियंका कार्की , निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।

गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?