४० घण्टा युगल नृत्य गरेर विश्व रेडर्क कायम गर्ने घोषणा

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । श्रेष्ठ दिदिबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भ¥याङ स्वयम्भुस्थित् क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन् । रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी हुन् ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले विश्व रेडर्क कायम गर्नको लागि श्रेष्ठ दिदिबहिनीलाई शुभकामना दिए । सांसद केसीले यो कार्यक्रमलाई सफल तुल्याउन आफ्नो तर्फबाट सबैखाले सहयोग रहने पनि विश्वास दिलाए ।
कार्यक्रममा श्रेष्ठ दिदिबहिनीका बुवा सन्त प्रसाद श्रेष्ठले आफ्ना छोरीहरुमा सानैदेखि नृत्य प्रतिभा रहेको सुनाउँदै अब हुने कार्यक्रमबाट विश्व किर्तीमानी कायम हुने विश्वास व्यक्त गरे । यो इभेन्टलाई सफल तुल्याउनको लागि सबै नेपालीहरुलाई साथ र सहयोग गर्न उनले आग्रह पनि गरे । कार्यक्रमको सञ्चालन सिर्जना अधिकारीले गरेकी हुन् ।
कार्यक्रममा विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीले आफूहरुको तयारी राम्रो रहेको सुनाए ।
यसअघि यो किर्तीमानी संयुक्त राज्य अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा छ । उनीहरुले ३८ घण्टा ३० मिनेट निरन्तर नृत्य गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?