मनमोहन स्मृति कराँते शनिवार हुने

काठमाडौं । दोस्रो मनमोहन स्मृती उपत्यकाप्यापी कराँते प्रतियोगिता भोली ‘शनिवार’ हुने भएको छ । 

नेपाल सितोरियो कराँते डो संघ, घण्टाघर शाखा डोजोको आयोजनामा यो प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा २२ स्पर्धामा करिब २ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक हरिबहादुर राउतले जनाएका छन् ।

एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?