काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ ।
आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ ।
नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए ।
चार ओभरको खेल सकिँदा हङकङले १ विकेट गुमाएर ४३ रन जोडेको छ । जारी खेलमा पानी परेपछि खेल रोकिएको हो ।
आजबाट शुरु भएको नेपाल,पपुवा न्युगिनी र हङकङबीचको सिरिजको फाइनल मार्च १३ तारिखमा । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया