अमेरिका–चीन व्यापार युद्ध हुँदा आइफोनको मूल्य बढ्ने

एजेन्सी । अमेरिका र चीनको व्यापार युद्धका कारण आइफोनको मूल्यमा वृद्धि भएको छ । 

अब आइफोनको मूल्य ३ प्रतिशत महंंगो हुनसक्ने जनाइएको छ ।  चीनमा बनिरहेको आइफोनको ब्याट्री र अन्य सामग्रीहरुको उत्पादन लागत २–३ प्रतिशतसम्म बढ्न सक्नेछ ।

अमेरिकाले मे १० तारिखदेखि २ सय अर्ब डलर बराबरको चिनीयाँ सामानमा लाग्ने शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु-याएको छ । 

चीनले त्यसको जबाफी कारबाही स्वरुप ६० अर्ब डलर बराबरको अमेरिकी सामानमा शुल्क बढाउने घोषणा गरेको हो । आगामी जुन १ देखि चीनले उक्त शुल्क वृद्धि लागू गर्दैछ ।
आइफोनको मूल्य ३ प्रतिशत महंगो भएमा आईफोन एक्सएसको मूल्य १०२९ डलर पुग्नेछ । हाल यसको मूल्य ९९९ डलर रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३२५ अर्ब डलरको अतिरिक्त चिनीयाँ सामानमाथि पनि शुल्क बढाउने घोषणा गरेका छन् । उक्त शुल्क बढेमा एक आईफोनको उत्पादन लागत १२० डलर बढ्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?