काठमाडौं । बुद्ध जयन्तीको अवसरमा गौतमबुद्धको गृहनगर कपिलवस्तुमा मिनी म्याराथन दौड प्रतियोगिता आज ‘शुक्रवार’ सम्पन्न भएको छ ।
शाक्यमुनि सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना मातापितालाई भेट गरेको प्राचीनस्थल निग्रोधाराम ‘कुदान’ बाट जिल्ला प्रशासन चोकसम्म करीब ४ किमीसम्म धावकहरु सहभागी भएका थिए ।
प्रतियोगितामा विद्यालयतर्फबाट वाणगङ्गा मावि लौगाइका अजय पाण्डे पहिलो, कनकमुनि मावि जगदीशपुरका श्यामसुन्दर यादव दोस्रो र कपिलवस्तु राष्ट्रिय माविका बलिराम खरविन्द तेस्रो भएका छन् ।
यसैगरी प्रतियोगिताको खुलातर्फ अर्जुन चौधरी पहिलो, सुरज कहार दोस्रो र गङ्गा सागर कुर्मी तेस्रो भएका छन् ।
म्याराथन दौड प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य धरमबहादुर लाल श्रीवास्तवले बौद्ध जयन्तीलाई कपिलवस्तुमा भव्यताका साथ मनाउन सबै क्षेत्र र वर्ग समुदायलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।
लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य अमरिका कोहारले विगतका वर्षको तुलनामा कपिलवस्तु जिल्लामा भव्य ढङ्गबाट बुद्ध जयन्ती मनाउने तयारी सबै पूरा भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया