काठमाडौं । नेपाल जारी एशिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज ‘शुक्रवार’ भएको तेस्रो खेलमा नेपाल पाकिस्तानसँग १ सय ३० रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । जारी खेलमा नेपालले तीन वटै खेलमा हार बेहोरेको हो ।
२ सय ७० रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रनमा समेटिएको थियो ।
नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले ४७ रन, सागर पाण्डेले ३० रन, होमनाथ राईले १६ रन तथा डम्बर मगरले १३ रन बनाए । पाकिस्तानका मोहमद फाइजले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६९ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि मोहमद लातिफले १ सय ४६ रन जोडे । त्यस्तैसाजद अलि अब्बासीले ६२ रन बनाए ।
यता नेपालका याम बहादुर श्रेष्ठ र डम्बर मगरले समान एक-एक विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल भारत र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया