डीएसपी अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । 

डीएसपी अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार डीएसपी अधिकारीले भारतको उत्तरप्रदेशबाट ल्याएको आईकमको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको हो । 

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले अधिकारीले त्यसै प्रमाणपत्रको आधारमा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधासमेत लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ ९१० अनुसारको कसुर गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको बताए । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 11 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?