रविन र सुशान्तको ‘आउ मिली नाचि देउ’ सार्वजनिक

काठमाडौं । इनरुवाका चर्चित गायक रविन नेपाल र र्यापर सुशान्त पोखरेल क्षेत्रीको स्वरमा रहेको ‘आउ मिली नाचि देउ’ बोलको गीत सार्वजनिक भएको छ । 

शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि हाइलाइट्स नेपालको युट्युव च्यानमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । 

गायक रविन र र्यापर सुशान्तकै शब्द, रचना तथा संगितमा तयार पारिएको उक्त गीतको प्रोडक्सन मेनेजरको रुपमा धर्म भक्त मल्ल रहेका छन् । 

हेम सुब्बाको एरेन्ज गरेको ‘आउ मिली नाचि देउ’ गीतलाई लक्ष्मी मल्लले निर्देशन गरेका छन् । साथै विराक भट्टराईको सम्पादन र कलरिङ भएको यस भिडियोमा अमन श्रेष्ठ र अनिश महर्जन, दिव्या महर्जन र शिव्यासना श्रेष्ठको अभियन देख्न सकिन्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?