काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ कपन बस्ने ४२ वर्षीय प्रविण संग्रौलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०८० बैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ विगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपैयाँ भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२१ सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया