छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लोकपथ
147
Shares


काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका-३ बनगाउ हाईवे होटल नजिक सडकमा भे.१ ख ३९९८ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ भैसमुरा बस्ने ४० वर्षीय हरि पौडेलको सोमबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिरहाको कर्जन्हा नरपालिका-१० मन्हर्वामा ज.१ त ४६४० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय खुशि मियाको गएराति मृत्यु भएको छ ।

ट्रयाक्टरबाट लडी टायरले किच्चिएर गम्भीर घाइते भएका उनको फुल कुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?