पाकिस्तानमा तीन तले भवन भत्किँदा नौ जनाको मृत्यु, दुईजना घाइते

लोकपथ
63
Shares

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको मुल्तानमा मंगलबार एउटा ठूलो दुर्घटना भएको छ । मुल्तानमा तीन तले आवासीय भवन अचानक भत्किंदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

यसैबीच अन्य दुई जना घाइते भएको बताइएको छ । मृत्यु हुनेमा चार जना एकै परिवारका थिए ।

पाकीस्तानी सञ्चारमाध्यम अनुसार अचानक भत्किएपछि पूरै घर भग्नावशेषमा परिणत भएको थियो । जसका कारण वरपरका घरमा समेत क्षति पुगेको छ ।

पाकिस्तानमा भवन भत्किनु कुनै नौलो कुरा भने होइन । सस्तो सामग्री र सुरक्षा दिशानिर्देशको अभावमा कमजोर घरहरू भत्किने घटनाहरू विगतमा धेरै भइरहेका छन्।

यसअघि जुन २०२० मा पाकिस्तानको सबैभन्दा ठूलो शहर कराँचीमा एउटा अपार्टमेन्ट भवन भत्किँदा २२ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?