एजेन्सी । फ्रान्सेली लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ले शानदार जीत हात पारेको छ ।
प्रतिबन्ध पछि मैदान फर्किएका केलियन एम्बाप्पले दुई गोलको मदतमा पीएसजीले डिजोनमाथि ४-० को सहज जीत निकालेको हो । फ्रेन्च कप फुटबल अन्तर्गत फाइनल खेलका दौरान रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका एमबाप्पेमाथि दुई खेलको प्रतिबन्ध लागेको थियो ।
उनले खेलको ३६ औँ र ५६ औँ मिनेटमा दुई गोल गरेका थिए । त्यस्तै बाँकी दुई गोल भने डि मारिया र काभानीले समान एक-एक गोल गरेका थिए ।
एन्जल डि मारियाले खेलको तेस्रो तथा इभिन्सन काभानीले खेलको चौथो मिनेटमा गोल गरेका थिए । यसअघि नै लिग च्याम्पियन बनिसकेको पीएसजीले लिग तालिकामा ९१ अंक बनाएको छ । ३१ अंक सहित डिजोन रेलिगेसन जोनमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया