यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
154
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेकोे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको थियो ।
त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको थियो ।

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसाले कारोबार भएको थियो ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?