दुवै मिर्गौला फेल भएका ओलीलाई अभियान्त मुक्ति पौडेलको सहयोग

काठमाडौं । दुबै मिर्गौला फेल भई उपचाररत रोल्पाका डिलाराम ओलीलाई सामाजिक अभियन्ता मुक्तिराज पौडेलले आर्थिक सहयोग गरेका छन् । पौडेलले ओलीलाई २० हजार सहयोग गरेका हुन् । 

ओली मिर्गौला प्रत्यारोपणको तयारीमा छन्  । उनी हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन ।

उनका परिवार तथा विभिन्न सामाजिक संघसंस्थाले उपचारका लागि सहयोगको याचना गरिरहेका बेला पौडेलले आफ्नो अभियान बिरामी भेट्न जादा नगदी खाम,अभियान अन्तर्गत सो सहयोग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?