कोन्टा बनिन् ४९ वर्षपछि फाइनलमा पुग्ने पहिलो ब्रिटीस खेलाडी

एजेन्सी । ब्रिटेनकी जोहन्ना कोन्टा जारी इटालियन ओपन टेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेक छिन् । 

शनिवार राति भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा कोन्टाले नेदरल्याण्ड्का किकि बेर्टेन्सलाई २-१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि नजिक पुगेकी हुन् । खेलको पहिलो सेटमा ५-७ ले गुमाएकी कोन्टाले बाँकी दुई सेटमा भने जीत निकालेकी थिइन् ।

उनले खेलको दोस्रो सेट ७-५ र अन्तिम सेट ६-२ ले आफ्नो पक्षमा पारेकी थिइन ।  यी दुई खेलाडीबीचको खेल दुई घण्टा ४९ मिनेट चलेको थियो । अब उपाधिका लागि कोन्टाले विश्व नम्बर सात क्यारोलिना पिल्सकोभाको सामना गर्नेछिन् ।

४९ वर्षपछि पहिलो पटक ब्रिटीस खेलाडी यो प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । यसअघि सन् १९७१ मा भर्जिनिया वाइड इटालियन ओपन टेनिसको फाइनमा पुगेकी थिइन । 

पिल्सकोभाले सेमिफाइनल खेलमा ग्रिसकी मारिया साक्कारीलाई ६-४ र ६-४ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?