एजेन्सी । बार्यन म्युनिखले यो सिजनको जर्मेन लिग बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा फ्र्याङकफर्टलाई ५-१ गोल अन्तरले पराजित गरेसँगै बार्यन म्युनिखले उपाधि आफ्नो पोल्टामा पारेको हो । बार्यनले यो प्रतियोगिताको सातौं पटक उपाधि जितेको हो ।
बार्यनको जीतमा खेलको चौथो मिनेटमा कोमानले, ५३ औँ मिनेटमा एलाबाले, ५८ औँ मिनेटमा रेनाटो सान्चेजले, ७२ औँ मिनेटमा फ्रयाङक रिबेरीले तथा ७८ औँ मिनेटमा रोब्बेनले समान एक-एक गोल गरेका थिए ।
यता फ्रयाङकफर्टका लागि खेलको ५० औँ मिनेटमा हालेरले एक मात्र गोल फर्काएका थिए । बार्यन म्युनिखेले ३४ औँ चरणको खेलबाट ७८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ७६ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया