‘चिनको ऋण चाँहिदैन, प्रदेश २ लाई ऋणी बनाउँन पाइँदैन’

लहान । प्रदेश २ सरकारले चीनसँग सम्झौता गरेर कृषि परियोजना सञ्चालन गर्न लागेको भन्दै सिरहाको लहानमा प्रदर्शन भएको छ । 

आइतवार बिहान स्थानीय युवा, विद्यार्थी, किसान र नागरिक समाजका अगुवाहरुले चिनियाँ परियोजना सञ्चालन नगर्न भन्दै प्रदेश सरकारलाई दवाब दिन प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट ऋणरुपी परियोजना ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणबद्व आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।  

प्रदर्शनकारीले ‘चाइना गो ब्याक, चिनको ऋण चाँहिदैन प्रदेश २ लाई ऋण बनाउँन पाइँदैन, प्रदेश घाति सम्झौता खारेज गर, जाउ जाउ फिर्ता जाउ प्रदेश २ बाट चिन फिर्ता जाउ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

लहानको पासुपती माबीबाट शुरु भएको -याली नगरको विभिन्न भाग परिक्रमा गर्दै सहिद चोकमा पुगेर कोणसभाम परिणत भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?