कप्तान कोहलीले भारतलाई तेस्रो पटक विश्वकप क्रिकेटको उपाधि जिताउलान् ?

एजेन्सी । क्रिकेटको महाकुम्भ,  आइसीसी विश्वकप क्रिकेट प्रतियोगिता शुरु हुन मात्र ११ दिन बाँकी छ । 

यहि प्रतियोगितालाई मध्यनजरमा राख्दै सहभागि टिमका खेलाडीहरु विश्व कप क्रिकेट खेल्न तयारी अवस्थामा छन् । यहि मार्च ३० तारिखका दिन, विश्वभरका चर्चित खेलाडीहरु आफ्नो टिमलाई उपाधि दिलाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

दक्षिण अफ्रिकाले इंग्ल्याण्डसँग खेल खेल्दै प्रतियोगिताको औपचारिक रुपमा शुभारम्भ गर्नेछ । नेपालको अहिलेसम्म विश्वकप क्रिकेट खेल्ने सपना अधुरै छ । तर, विश्वकप क्रिकेट खेल्ने लक्ष्यका साथ अहिले पनि नेपाली क्रिकेट खेलाडीहरुले मेहेनत भने गर्न छाडेका छैनन् ।

एक दिवसीय क्रिकेटको मान्यता पाएसँगै नेपालले विश्वकप क्रिकेट खेल्ने सपनाको ढोका भने खोलिसकेको छ ।

जुन पाँच तारिख, यो दिन छिमेकी राष्ट्र भारतले दक्षिण अफ्रिकासँग खेल खेल्दै विश्वकप यात्रा शुरु गर्नेछ । पहिलो खेलमा शानदार जीतको लक्ष्य लिएर मैदानमा उत्रन लागेको भारतीय टिम र दक्षिण अफ्रिकाबीचको खेल साउथह्याम्टनस्थित रोस बोल स्टेडिममा हुनेछ । 

बिराट कोहलीको कप्तानीमा रहेको भारतीय टिमले तेस्रो पटक विश्वकप क्रिकेटको उपाधि घर भित्र्याउला सक्ला वा नसक्ला भनेर अहिले विश्वभर नै यो चर्चाको विषय बनेको छ । विश्वका नम्बर ‘वान’ क्रिकेटर हुन, विराट कोहली ।

कोहलीलाई उत्कृष्ट ब्याट्सम्यानको रुपमा चिन्दै आइरहेका छन् । इंग्ल्याण्डका पूर्व कप्तान माइकल वानले पनि विराटको प्रशंसा गरेका थिए । सन् २०१७ मा इंग्ल्याण्डले दिएको ३ सय ५१ रनको लक्ष्य भारतले पुरा गदैए सफलता समेत हात पारेको थियो । 

त्यस्तै इंग्ल्याण्डका पूर्व अलराउण्डर तथा आइसीसी २०१९ को ब्राण्ड एम्बेस्डर एड्यू फिलंटापले पनि कोहली सचिन तेन्दुलकर भन्दा उत्कृष्ट खेलाडी भएको जानकारी दिएका छन् । यहि प्रतिभावान खेलाडी तथा कप्तान कोहलीले विश्वकप क्रिकेटमा करोडौं भारतीय खेलप्रेमीको आशा र भरोसालाई टिकाइ राख्न सक्ला ? यो अहिले चर्चाको विषय बनेको थियो । 

क्रिकेटप्रति विराटको लगनशिलता 

विराट कोहलीको जन्म दिल्लीको एक मध्यमवर्गीय परिवारमा भएको थियो । उनका पिताले विराटले क्रिकेटमा नै नाम र दाम कमाउन भन्ने इच्छा थियो ।

साथै उत्कृष्ट क्रिकेटर भएको हेर्न चाहना थियो । उनले विराटलाई क्रिकेट प्रशिक्षक राजकुमार शर्माको क्रिकेट एकेडेमीमा भर्ना समेत गरिदिएका थिए । निक्कै मेहेनती विराटले दिनानुदिन सफलताको सिढी चढ्दै गए ।

उत्कृष्ट खेल्ने शैली भएका विराटले दिल्लीको रणजी टिमबाट खेल्ने मौका पाए । त्यस लगतै विराट युवा खेलाडी हुँदै एक परिपक्व क्रिकेटर बन्न सफल समेत भए । रणजी क्लबमा आवद्ध हुँदा नै उनले आपना पिता ‘प्रेम कोहली’लाई गुमाए ।

क्रिकेट प्रतिको लगनशिलताले नै आज विराट भारतिय टिमको कप्तान समेत बन्न सफल भएका छन् । 

रन चेन्जका देवता कोहली 
विराट कोहलीले अण्डर-१९ टिमको कप्तानी पाएसँगै भारतिय टिमलाई आइसीसी यू-१९ टिमको उपाधि दिलाउन सफल भए । उनले सन् २००८ मा श्रीलंकाविरुद्ध पहिलो क्रिकेट खेल्दै भारतिय टिममा डेब्यु गरेका थिए ।

उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सिरिजमा नै अर्धशतकिय पारी खेले । एक दिवसीय क्रिकेटमा उनले एक पछि अर्को नयाँ विश्व कीर्तिमानहरु बनाउन थाले । कोहलीले ८४ खेल खेल्दै २१ शतक र ५ हजार भन्दा बढी रन बनाएका छन् ।

साथै उनले १८ शतकमा भारतलाई जीत पनि दिलाएका छन् । कोहलीले जुन तरिकाले रन बनाइरहेका छन् । सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि उनको नाममा नै सर्वाधिक रनको रेकर्ड हुनेछ । 

भारतलाई तेस्रो पटक उपाधि दिलाउने मौका 

कप्तान कोहलीले तेस्रो पटक विश्वकप क्रिकेट खेल्दैछन् । सन् २०११ मा आयोजना भएको विश्वकप क्रिकेटमा कोहली मात्र २१ वर्षका थिए । त्यतिबेला पनि उनको प्रदर्शन सम्मानजनक नै थियो । भारतलाई विश्वकपको उपाधि दिलाउन उनको पनि महत्वपूर्ण योगदान थियो ।

उनले बंगलादेशविरुद्धको खेलमा शतकिय पारी खेलेका थिए । कोहली विरेन्द्र सेहवागको साथ २ सय रनको साझेदारी समेत खेले । श्रीलंकासँगको फाइनलका खेलमा कोहलीले गौतम गम्भिरसँग ८५ रनको साझेदारी खेल्दै भारतलाई उपाधि दिलाए ।

त्यस्तै कोहलीले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा भएको विश्वकप क्रिकेट पनि खेले । उक्त प्रतियोगितामा कोहलीले पाकिस्तानविरुद्ध १ सय २६ बलमा १ सय ७ रनको शानदार पारी खेलेका थिए ।

त्यतिबेला भारतले पाकिस्तानलाई ७६ रनले पराजित गरेको थियो । कोहली २०१५ को विश्वकपमा महत्वपूर्ण योगदान दिए । सोही योगदानमा भारत आफ्नो समूहको शिर्ष स्थानमा रहेको थियो । तर, अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा कोहली १ रनमा आउट भए । 

कप्तान कोहलीले केही वर्ष अघिदेखि उत्कृष्ट खेल खेल्दै आइरहेका छन् । उनको शतकिय पारीको मदतमा भारतले थुपै खेल र प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारिसकेको समेत छ ।

यस पटकको विश्व कप क्रिकेटमा महेन्द्र सिंह धोनीले अन्तिम पटक खेल खेल्दैछ । 

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?