ताप्लेजुङ । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको निर्माण कार्यले तीव्र गत लिएको छ ।
आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जीनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिनाअघिबाट निर्माण थालिएको हो ।
निर्माण शुरु भएको छोटो अवधिमा नै २ सय ७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १ सय ६० मटिर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३ सय २ मिटर सुरुङमार्गमध्ये २ सय ८० मिटर पूरा भएको छ । त्यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण पुनः अघि बढेको हो ।
यी संरचना फुङलिङ नगरपालकिामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मत्लिुङमा निर्माण भइरहेको हो । चिनिया निर्माण व्यवसायी कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको नर्मिाण गररिहेको हो ।
आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा. मणिराज पोखरेलको भनाइ छ । नेपाली इञ्जीनियरिङ डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए ।
कूल १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रतशित स्वलगानी र ७५ प्रतशित सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मक्विाखोला गाउँपालकिा–२ खोक्लङि र फक्ताङलुङ गाउँपालकिा–१ सावादनिमा रहने आयोजनाले जनाएको छ ।
त्यस्तै फुङलङि नगरपालकिाको फुरुम्बुस्थति मत्लिुङमा ५० मटिर लम्बाइ र ११ मटिर उचाइको बाँध नर्मिाण गरी तमोर नदीको पानीलाई तीन हजार ३ सय ३७ मटिरको सुरुङमार्फत खोक्लङिको थुम्बाबेँसीमा पुर्याइनेछ ।
यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधकिृत करण गौतमले जानकारी दिए ।
शुरुमा ५४ मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रक्रयिा अघि बढे पुनः १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि हेडवर्क्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया