काठमाडौं । नेपाल अष्ट्रेलियामा जारी १८ औँ विश्व र्याफ्टिङ च्याम्पियनसिपमा छैटौं भएको छ ।
आज ‘आइतवार’ भएको पुरुष डाउनरिभरमा स्पर्धामा नेपालले छैटौं स्थान हात पारेको हो । क्वीन्सल्यान्डस्थित टाली नदीमा ६ टिम सहभागी उक्त स्पर्धामा नेपाल छैटौं भएको हो । नेपालले निर्धारित दुरी ४६ मिनेट ४८ दशमलब ३० सेकेण्डमा पुरा ग¥यो । उत्त, स्पर्धामा न्युजिल्याण्ड पहिलो भयो ।
रसियाले दोस्रो तथा ब्राजिलले तेस्रो स्थान प्राप्त ग¥यो । यो नतिजासँगै नेपालले समग्रमा १० औँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । यसअघि भएको स्प्रिन्टमा नेपाल पाँचौ भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया