काठमाडौं । तीन वटा प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्ण गरेको थियो ।
सरकारले गरेको सिफारिस अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया