मेयरकपमा मानसिंह डोजो च्याम्पियन

काठमाडौं । नेपाल गोजुरियो कराँते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुल्ला कराँते प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको छ । सात स्वर्ण, ४ रजत र ३ काश्य पदक सहित मनकामना डोजो दोश्रो तथा ६ स्वर्ण, ७ रजत र ९ काश्य पदक सहित दक्षिण ढोका डोजो तेश्रो भए ।

महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्वर्ण, बाह्बिसेकी अनिसा थापा मगरले रजत तथा मनकामनाकी गरिमा गीरी र मानसिंहकी सबिना तामाङले काश्य पदक जिते । 
सिनियर कातामा मनकामनाकी गीता सुनुवारले स्वर्ण, मानसिंहकी आरती भण्डारीले रजत तथा दक्षिणढोकाकी रिचा लामा र अच्छीभिदु अर्यालले काश्य पदक जिते ।

पुरुषको जुनियर कातामा केँन्वोकाइका राज भोटुङ तामाङले स्वर्ण,सागर न्यौपानले रजत तथा दक्षिणढोकाका छिरिङ न्यौटी प्लानु र जोरपाटीका सन्दिप लामाले काश्य पदक जिते । सिनियर कातामा मनकामनाका विक बहादुर थामीले स्वर्ण, दक्षिणढोकाका दिपेस पुरीले रजत तथा मानसिंहका आकास मण्डल  र दक्षिणढोकाका सुजन कुमार पुरीले काश्य पदक जिते ।

महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्वर्ण,बाह्बिसेकी अनिसा थापा मगरले रजत तथा मनकामनाकी गरिमा गीरी र मानसिंहकी सबिना तामाङले काश्य पदक जिते ।

सिनियर कातामा मनकामनाकी गीता सुनुवारले स्वर्ण, मानसिंहकी आरती भण्डारीले रजत तथा दक्षिणढोकाकी रिचा लामा र अच्छीभिदु अर्यालले काश्य पदक जिते । पुरुषको जुनियर कातामा केँन्वोकाइका राज भोटुङ तामाङले स्वर्ण,सागर न्यौपानले रजत तथा दक्षिणढोकाका छिरिङ न्यौटी प्लानु र जोरपाटीका सन्दिप लामाले काश्य पदक जिते । 

सिनियर कातामा मनकामनाका विक बहादुर थामीले स्वर्ण, दक्षिणढोकाका दिपेस पुरीले रजत तथा मानसिंहका आकास मण्डल  र दक्षिणढोकाका सुजन कुमार पुरीले काश्य पदक जिते ।

दुइ दिने प्रतियोगितामा काता र कुमुते गरी ४० स्पर्धा समाबेश थिए । कुल २१ डोजोका ३ सय खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका प्रमुख सानुबाबु गीरीले जानकारी गराए । 

प्रतियोगिताको ब्यबस्थापनको जिम्मेवारी राजनमान श्रष्ठले बहन गरेका थिए । प्रतियोगिताको मुख्य प्रयोजक मेलम्ची नगरपालीका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?