बेल मेरो टिममा फिट छैन : प्रशिक्षक जिदान

एजेन्सी । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले फरवार्ड ग्यारेथ बेल आफ्नो टिममा फिट नभएको बताएका छन् ।

पछिल्लो समय बेलले बर्नाबेउ छाड्ने अनुमान गरिरहेको समय मुख्य प्रशिक्षक जिदानको सो भनाई आएको हो ।

लिगको अन्तिम खेलमा रियल म्याड्रिड घरेलु मैदानमा रियल बेटिससँग २–० गोल अन्तरले पराजित भएको छ । जसमा ग्यारेथ बेल बेन्चमा थिए । अघिल्ला दुई खेलमा बेल टिम बाहिरनै थिए ।  गत मार्चमा जिदान क्लबको मुख्य प्रशिक्षक बनेर आएपछि बेलको भविष्यलाई लिएर अनिश्चितता प्रकट हुँदै आएको छ ।

६ वर्ष रियलमा बिताएका बेलले रियललाई चार च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?