एजेन्सी । सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् ।
उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १ सय ६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ ।
बिमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया