एजेन्सी । पेरिस सेन्ट जर्मेन ‘पीएसजी’लाई फ्रेन्च लिग वानको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका युवा खेलाडी केलियन एमबाप्पे ‘प्लेयर अफ दि इयर’ अवार्डबाट सम्मानित भएका छन् ।
उनले फ्रेन्च लिग वान फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स ‘युएनएफपी’ले प्रदान गर्ने ‘प्लेयर अफ दि इयर’ अवार्ड प्राप्त गरेका हुन् ।
युएनएफपीले उनलार्य आइतवार राति सो अवार्डबाट सम्मान गरेको थियो । त्यस्तै एमबाप्पेले वर्ष युवा खेलाडीको अवार्ड समेत हात पारे । एम्बाप्पेले लगातार तेस्रो सिजन वर्ष युवा खेलाडीको अवार्ड हात पारेका हुन् ।
फ्रेन्च लिगमा सर्वाधिक गोलकर्ता बनेका उनले यो सिजनमा ३० गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया