चितवन जिल्ला क्रिकेट संघ गठन, अध्यक्षमा कैलाश प्रधान निर्वाचित

काठमाडौं । कैलाश प्रधानको नेतृत्वका आज ‘सोमवार’ चितवन जिल्ला क्रिकेट संघ गठन भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’ले गठन गरेको स्वतन्त्र कमिटिको निर्णय अनुसार पुनः निर्वाचन भएको हो । यो सँगै चितवन पुनः निर्वाचन गर्ने पहिलो जिल्ला समेत बनेको छ । गत जेठ ४ गते बसेको विशेष साधारण सभाले प्रधानको नेतृत्वमा नयाँ कमिटि चयन गरेको हो ।

कैलास प्रधानसँगै उपाध्यक्ष सुदिप पिया, सचिवनमा उमेश पिया र कोषाध्यक्षमा भरतकाजी कुँवर निर्वाचित भएका हुन् । त्यस्तै निर्वाचित नयाँ कार्यसमितीको सदस्यमा प्रशान्तकुमार पिया, राजु प्रसाद गुप्ता, आर्या अर्याल, उत्सब श्रेष्ठ, अर्जुन केसी र प्रितम पिया रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा नवराज श्रेष्ठ, खुशबहादुर गुरुङ, सिद्वार्थलाल गुरुङ, सुरज ज्ञवाली र अनिल अधिकारी रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?