एजेन्सी । गुगलले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको केही सेवाहरु कटौती गर्ने भएको छ ।
गुगलले हुवावेसँगको व्यापारलाई सीमित बनाउँदै केही सेवाहरु कटौती गर्ने निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएको थियो । तर, रोक लगाएको केही दिनमा नै गुगलले हुवावेसँग सहकार्यलाई कम गर्ने जनाएको हो ।
गुगलको यो निर्णयसँगै अब हुवावेका नयाँ स्मार्टफोनहरुमा गुगलका केही एन्ड्रोइड सेवाहरु उपलब्ध हुनेछैन। यसका साथै हाल प्रयोगमा रहेका हुवावे स्मार्टफोनहरुको अपडेटमा समेत असर पर्नेछ।
साथै अब आउने नयाँ हुवावेको फोनमा युटयुब र गुगल म्याप सेवा कटौती हुने उल्लेख गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया