पाँचथरको सामूहिक हत्या प्रकरण : अनुसन्धानका लागि हिँड्यो सीआईबीको टोली

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेको सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी )ले गर्ने भएको छ ।

एउटै परिवारका सदस्यको निर्मम हत्या रहस्यमय मानिएको बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाशंकर चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागेको हो ।

पाँचथर घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएका चतुर्वेदी टोली लिएर घटनास्थलतर्फ लागेको प्रहरी स्रोतले जनाएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमबार राति २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको थियो । 

 

यो समाचार पढ्नुभयो ? 

दुई परिवारका ९ जनाको विभत्स हत्या

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?