पार्टी सभापति देउवालाई नेता पौडेलको यस्तो आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्ने चलखेल सुरु भएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत कैलालीको कैलाली गाँउपालिकाको हसुरियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले महाधिवेशनलाई पछाडि धकेल्न पार्टी संगठनका सबै काम ढिला गरिएको आरोप लगाए ।  

समायोजनाको काम, संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गर्नुले महाधिवेशन टार्ने चलखेल भएको स्पष्ट भएको  पौडेलको ठम्याइ छ । 

उनले भने,  पार्टीको भातृ संगठनको अधिवेशनमा आफ्नो पक्ष हार्ने डरले सभापति शेरबहादुर देउवाले यसलाई आलटाल गर्ने तथा रोकिराखेको छन् ।

 उनले संवैधानिक परिषदको बैठकमा सहभागी कांग्रेस पार्टी सभापति देउवा विपक्षी दलको नेताको हैसियतमा नगएर गल्ती गरेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?