संविधान संशोधनबारे सरकारको स्पष्ट धारणा माग्यो राजापाले

राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनबारे सरकारको स्पष्ट धारणा माग गरेको छ ।  

प्रतिनिधिसभाको मङ्गलबार बसेको संसद बैठकमा राजपाका सांसद महेन्द्र राय यादवले आफुहरुले विगतका अधिवेशनदेखि उठाउँदै आएको र सभामुखले समेत दुई पटक रुलिङ गरेको विषय गिरिशचन्द्रलाल नेतृत्वको प्रतिवेदन र नेपालगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पुन रुलिङ गर्न माग गरेका हुन् ।

उनले संविधान संशोधनबारे  स्पष्ट धारणा नआए बाध्य भएर संसद अवरोध गर्ने  चेतावनी दिए ।

 उनले भने, सरकारले त्यसको सुनुवाई नगरेको भन्दै आपत्ति जनाउँदै यस विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?