उपप्रधान तथा  स्वास्थ्यमन्त्री उपेन्द्र यादव र चिनियाँ स्वास्थ्यमन्त्रीबिच भेट

विश्व स्वास्थ्य संगठनको ७२ औँ सभामा बोल्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आगामी दुई वर्षभित्र रुवेला नियन्त्रण गर्ने लक्ष्यमा अगाडि बढेको बताएका छन्। 

'युनिभर्सल हेल्थ कभरेज : लिभिङ नो वान ब्लाइन्ड' भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा उप्रधानमन्त्री यादवले अघिल्लो वर्ष मात्र नेपालले ट्रकोमा उन्मुलन गरेको बताए। उनले नेपाल दिगो विकास लक्ष्यका स्वास्थ्यसँग सम्न्धित लक्ष्य हासिल गर्न लागि परेकोसमेत बताए।

विश्वका १ सय ९४ देशका स्वास्थ्यमन्त्रीहरुको सभामा बोल्दै उपप्रधानमन्त्री यादवले नेपाल जस्ता अतिकम विकसित मुलुकहरुले स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्य प्राप्तका लागि औषधीहरुको मूल्य घटाउँदै स्वास्थ्य ऐजेण्डाहरुलाई मूलधारमा ल्याउनुपर्ने बताए। 
यसैबीच उपप्रधानमन्त्री यादवसँग चीनका राष्ट्रिया स्वास्थ्य आयोगका मन्त्री मा स्याओवेइले भेट गरेका छन्। 

वार्तामा दुई देशबीच स्वास्थ्य क्षेत्रमा साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?