मेटलाईफ एशियाको एक्जुकेटिभ भाइस प्रेसिडेन्ट नेपालमा

मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट रेबेका तादिकोन्दा, नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम. नुरुल इस्लाम  तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमद सँगै यो हप्ता नेपाल भ्रमणमा छन् । 

रेबेका तादिकोन्दाले मेटलाईफ नेपालको ग्राहक सेवा केन्द्रको उद्घाटन गरेका छन् । 

उक्त अवसरमा रेबेकाले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक, ललितपुरस्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस (ओसिपि) नामको नयाँ स्थानको उद्घाटन गरे ।

ओसिपि ग्राहकहरुलाई अझै व्यवस्थित रुपमा सेवाहरु उपलब्ध हुने स्थान हो जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा विमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध छन् । 
 
रेबेकाले बंगलादेश, चीन, हङ्गकङ्क, भारत, मलेसिया, नेपाल तथा भियतनाम र व्यवसाय सुरु भएका नयाँ स्थानहरु लगायत मेटलाईफको व्यवसायमा तिब्र बृद्धि भएका स्थानहरुमा मेटलाईफको व्यवसाय हेर्नुहुन्छ ।

उहाँले वितरण प्रणालीलाई विस्तार गरी ९साझेदारी, एजेन्सी तथा डिजिटल मार्फत्०, डिजिटल तथा नविनतम पद्दतिलाई अँगाल्दै तथा यस क्षेत्रमा प्रयोग तथा आदानप्रदान हुने क्षमताहरुमा सहयोग तथा सह लगानीलाई बढाई तिव्र गतिमा बृद्धिलाई हाँकिरहेका छन् ।  

उनले  “नेपालमा नयाँ विमा सेवा तथा डिजिटिल अभियान भित्र्याई एक अग्रणी विमा कम्पनीको रुपमा मेटलाईफ नेपालले काम गरिरहेको बताए ।

 नेपालमा रहेका हाम्रा समर्पित साथीहरुलाई भेट्न पाउनु र निजहरुले गरिरहेको प्रगतीलाई देख्न पाउँनु खुशीको कुरा हो ।” उनले थपे ।

 उनी मे २३, २०१९ सम्म नेपालका विभिन्न कार्यालयहरुमा भ्रमण गर्दैछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?