शेयर बजार चार अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज ‘मंगलवार’ शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४ दशमलब ४२ विन्दुले बढेर एक हजार ३१२ दशमलब १४ अङ्कमा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ११ ले वृद्धि भई २७९ दशमलब ९१ अङ्कमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कूल १ सय ७३ कम्पनीको ३१ लाख दुई हजार २ सय ८४ कित्ता शेयर ८१ करोड ४४ लाख ५२ हजार २ सय ६७ मूल्यमा खरीद–बिक्री भए । 

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ‘मंगलवार’ तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३ दशमलब ३४, अन्य १ दशमलब १६ र लघुवित्त ३ दशमलब ०५ अङ्कले घटेको छ ।

त्यस्तै बैंकिङ ० दशमलब ०८, व्यापार २ दशमलब ७०, होटल २ दशमलब ५८, विकास बैंक २ दशमलब ४४, जलविद्युत् ६४ दशमलब ६०, वित्त १० दशमलब ५१, निर्जीवन बीमा २८ दशमलब ०६, जीवन बीमा ४२ र सामूहिक लगानी कोष ० दशमलब ०५ अङ्कले वृद्धि भएको छ । 

स्टकका अनुसार नेपाल बैंकको आठ करोड ६६ लाख २८  हजार ६ सय २१, शिवम् सिमेन्ट ६ करोड ८८ लाख ३४ हजार ३ सय २४, बुटवल पावर कम्पनी पाँच करोड ९६ लाख ४८ हजार २ सय ९०, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी चार करोड ९६ लाख ९७ हजार ५ सय २५, सानिमा माई हाइड्रो पावर चार करोड २५ लाख ९० हजार ५ सय ५४, प्राइम बैंक रु दुई करोड ४७ लाख १० हजार ४ सय ४१ को कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार मल्टी पर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९ दशमलब ९४ प्रतिशतले कमाए । त्यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९ दशमलब ८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलब ८४, रिलायन्स फाइनान्स ९ दशमलब ७०, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलब १३ प्रतिशतले कमाए ।

त्यस्तै समिट लघुवित्त वित्तीय संस्था ७ दशमलब ०५, सिन्धु विकास बैंक ५ दशमलब २२, घलेम्दी हाइड्रो पावर ४ दशमलब ९१, हिमालयन डिस्टिलरी ४ दशमलब ५५, मिथिला लघुवित्त वित्तीय संस्था ४ दशमलब ४३, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३ दशमलब ६८ गुमाएका छन् ।

स्टकमा आज हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको कूल ९९ लाख साधारण शेयर सूचीकृत भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?