सुदूरपश्चिम प्रदेश सभामा प्रि–बजेट छलफल सुरु

सुदूरपश्चिम प्रदेश सभामा आर्थिक बर्ष २०७६र०७७ को प्रि–बजेट छलफल सुरु भएको छ।

अर्थमन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गर्दै सोमबारबाट छलफल सुरु भएको हो।  

छलफलका क्रममा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले प्रादेशिक गौरवका आयोजनाहरूलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।

साथै सरकारको कार्य शैलि विगतको सामन्तवादी शासन जस्तो भएको भन्दै जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रममा बजेटमा पार्न छलफलमा सहभागीले सुझाए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?