३६ लाख रुपैयाँको चेक बाउन्स  भएपछि……

मोडल खुश्बु ओली चेक बाउन्स मुद्दा दोषी ठहरिएकी छिन्। काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदै दोषी ठहर्‍याएको हो।

न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई दोषी ठहर गर्दै बाउन्स रकम तिर्न फैसला सुनाएको हो । 

गोपाल कटुवालले खुश्बु विरुद्ध ३६ लाख रुपैयाँको चेक बाउन्स गरेको भन्दै उजुरी गरेका थिए। गत साउन २९ गते उनीविरुद्ध मुद्दा परेको थियो।

प्रहरी इन्काउन्टरमा मारिएका धादिङका दिनेश अधिकारी उर्फ चरीसँगको प्रेम सम्बन्धका कारण ओली पहिलेदेखि नै चर्चामा थिइन्।

काठमाडौंको भीमढुंगामा २०७१ साल साउनमा प्रहरीको इन्काउन्टरमा चरी मारिएपछि खुश्बु बेलायत गएकी थिइन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?