प्रहरीले गोली हानेर पक्रियो तीर्थराज घिमिरेलाई

 नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्यमाथि प्रहरीले गोली चलाउँदा तीर्थराज घिमिरे घाइते भएका छन्।
 
भोजपुरको टम्केमैयुङ गाउँपालिकामा प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको हो । 

 घिमिरेको खुट्टामा गोली लागेको  छ।

१२ जनाको समूहमा रहेका यूवाहरुले  प्रहरी देखेर गोली प्रहार गर्न खोजेपछि जवाफी फायर गरेको प्रहरीले जनाएको छ । 

घिमिरेबाट एक थान पेस्तोल, ५ राउन्ड गोली, बिस्फोटक पदार्थसमेत बरामद गरेको प्रहरीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?