विवादास्पद मोडल खुश्बु ओली जेल चलान

काठमाडौं– चेक बाउन्स मुद्धामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सुनाएको छ ।
अदालतले तीन हजार रुपैयाँ जरिवानासहित चेक बाउन्सबापतको ३६ लाख रुपैयाँ बिगो पीडितलाई भराउन समेत भनेको छ ।
काठमाडौं जिल्ला न्यायाधीश डा श्रीकृष्ण भट्टराईको इजलाशले मंगलबार यस्तो फैसला सुनाएको हो । सप्तरीका गोपाल बहादुर कटवालसँग सापटी लिएको रकमबापत ओलीले दिएको चेक बाउन्स भएपछि प्रहरीले गत १९ साउनमा अदालतमा मुद्दा चलाएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?