४१ औँ दिनमा सगरमाथा आरोहण

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गरेका छन् ।

विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गरेका थिए ।

आइल्याण्ड हिमाल चढिसकेका श्रेष्ठले एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास आफूमा आएको र सोही आत्मविश्वासकै कारण सगरमाथा चढ्न सफलता मिलेको बताए । सगरमाथा चढ्ने आफ्नो १२ वर्ष अगाडिदेखिको तयारी रहेको भन्दै उनले भने, ‘आइल्याण्ड हिमालबाट सगरमाथा देख्दा एक दिन त अवश्य आरोहण गर्छु भन्ने भित्रैदेखि लागेको थियो ।’

हिउँमा चिप्लने खेल, जलविहारलगायतका साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्लो २ सय पहाड चढिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?