जनकपुरमा हिमालयन बैंकको शाखा सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडको जनकपुरधाममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिकाा १ स्टेशनरोडमा ५८ औं नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको शाखा कार्यालयको उद्घाटन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाले उपभोक्तालाई सहज भएको बताए । 

साथै उनले अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पु¥याउने  र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त समेत गरेका थिए । 

बैंकले तेस्रो त्रयमासको अन्त्यसम्ममा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । 

बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा कमाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?