ओखलढुङ्गामा सिद्धिचरणको शालिक

ओखलढुङ्गा । युगकवि सिद्धिचरण श्रेष्ठको शालिक सदरमुकाममा स्थापना गरिएको छ । 
    
‘मेरो प्यारो ओखलढुङ्गा’का सर्जक हुर्केको स्थानमा पर्यटन प्रवद्र्धनका लागि स्रष्टा उद्यान पनि बनेको  सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

 युगकविको एक सय आठौँ जन्मजयन्ती भोली ‘बिहीवार’ मनाइँदै छ । युगकवि श्रेष्ठको १ सय ८ औँ जन्मजयन्तीका अवसरमा शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न राष्ट्रपति विद्यादेवि भण्डारी ओखलढुंगा आउने कार्यक्रम तय भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?