करिब १ सय ६३ किलो गाँजा बरामद

लोकपथ
91
Shares


सुनसरी । करिब १ सय ६३ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

बराहक्षेत्र नगरपालिका-२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट अवैध लागुऔषध गाँजा करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम गएराति प्रहरीले बरामद गरेको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतरा समेतबाट खटिएको प्रहरीले नदीको किनारमा वेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?