टेबुल टेनिस खेलाडी छनोट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सका लागि प्रदेश ३ बाट समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी छनोट भएका छन् ।

प्रदेश नम्बर ३ खेलकुद परिषद्ले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा काठमाडौंका सिद्धार्थ तामाङ, भक्तपुरका रोमन थापा मगर, काठमाडौंका एदेन शाही र ललितपुरका एलेन महर्जन छनोट भए ।

महिलामा भक्तपुरकी दिया देउला, ललितपुरकी वियङका राई र इभाना थापा तथा काठमाडौंकी सुस्मिता खड्का छानिए ।प्रतियोगिताको पाँचौं दक्षिण एशियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला टिम इभेन्टमा स्वर्ण जितेका सिजरिन शाह र गीता क्षेत्रीले खेल खेलेर संयुक्त रुपमा उद्घाटन गरे । 

एकदिने प्रतियोगितामा २४ खेलाडीको सहभागिता रहेको थियो । उपराष्ट्रपति चिल्ड्रेन गेम्स ललितपुरमा जेठ १३ र १४ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?