किसान हत्याको छानबिन गर्न आदेश

एजेन्सी । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले उत्तरपश्चिमी काटसिना प्रान्तमा अज्ञात बन्दुकधारीले गरेको १८ जना कृषकको हत्याप्रति गहिरो दुःख प्रकट गर्दै उक्त घटनाको तत्काल छानबिन गर्न आदेश दिएका छन् । 

काटसिनाको बाटसारी गाउँमा मङ्गलवार बिहान बन्दुकधारीले स्थानीय गाउँलेको हत्या गरेका थिए ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा राष्ट्रपति बुहारीले कृषकमाथि भएको निर्मम आक्रमणको छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी र सेनालाई आदेश दिएको उल्लेख छ ।

नाइजेरियाको उत्तरी क्षेत्रमा हालैका महिनामा सशस्त्र समूहले एकपछि अर्को आक्रमण गरिरहेका छन् । साथै यस क्षेत्रमा कृषकका पशु र अरु धनमाल लुटपाट गर्ने सिलसिला जारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?