अक्षर स्कुलले जहाँ मासिक शूल्कको सट्टामा फोहार प्लास्टिक लिन्छ !

एजेन्सी । नेपालका विद्याथीहरु स्कुलको बेलामा झोला भिरेर हातमा सानो टिफिनको डब्बा हात लिएर हिडेका हामी सबैले देखेका छौँ ।

तर, यहाँ केही विद्यार्थीहरु टिफिनको सट्टामा प्लास्टिकको पोको बोकेर दिनहु स्कुल जान्छन् । सुन्दै अचम्म लाग्ने, तर यो सबै दृश्य छिमेकी मुलुक भारतको हो । गुवाहाटीस्थित पमोही गाउँको स्थानिय विद्यालयमा अध्ययनरत विद्याथीहरु झोलामा किताबसहित काम नलाग्ने प्लास्टिक पनिसँग लिएर जाने गर्छन् ।

कारण उनीहरुले प्यास्टिक स्कुलमा लैजाँदा स्कुलको शूल्क तिर्नु पर्दैन । अक्षर फारेम नामको स्कुलले विद्यार्थीहरुलाई दैनिक प्लास्टिक ल्याए स्कुलले शूल्क तिर्न नपर्ने नियम ल्याएको छ । 

सन् २०१६ मा पर्मिता शर्मा र माझिन मुख्क्तरले यो स्कुलको स्थापना गरेका हुन् । अक्षर फोरम अल्पसंख्यक विद्यार्थीहरुको लागि सञ्चालनमा ल्याइएको स्कुल हो ।  यो स्कुलले विद्यार्थीलाई एक जिम्मेवारी नागरिक बनाउने लक्ष्य लिएको छ ।

त्यहि अनुरुप अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण पनि दिँदै आइरहेको छ । पामोही गाउँमा कोही पनि शिक्षित छैनन् । अक्षरले विद्यार्थीहरुलाई आफ्नै रचनात्मकता पत्ता लगाउँदै शिक्षित नागरिक बनाउन मदत गर्दै आइरहेको समेत छ । 

अक्षर फोरमका उपाध्यक्ष प्रियङग्सु बोर्थठाकुरका अनुसार अक्षर फारेमको रिसाइक्लिङ कार्यक्रम अन्तर्गत यस्तो उपाय विद्यार्थीहरुमा लागु गरिएको बताए । ६ महिना अगाडि मात्र अक्षर फोरमले काम नलाग्ने प्यास्टिकहरुको संकलन कार्यक्रम शुरु गरेको थियो । 

बोर्थठाकुरले भने, ‘विचार पारिस्थिति अनुकूल जीवनलाई कसरी बिताउने भन्ने कुरामा विद्यार्थीहरूलाई प्रशिक्षित गराएका छौँ ।’ 

साथै उनले यो कार्यक्रममा विद्यार्थीहरुले पूर्ण रुपमा साथ दिइरहेको पनि जानकारी दिए । 

विद्यार्थीहरुले घरमा गएर काम नलाग्ने प्लास्टिकहरु जम्मा गरेर विहान स्कुल आउँदा सँगै लिएर आउने गरेको पनि उनले बताए । त्यस्तै संस्थापक पर्मिता शर्माले यहाँ न्यानो हुनको लागि प्लास्टिक बाल्ने चलन रहेको पनि बताए । 

‘हामीले यहाँको यो चलनलाई परिवर्त गरेका छौँ, र हामीले स्कुलमा लाग्ने शुल्क प्लास्टिक ल्याउसँगै मिनाहा पनि गरिदिएका छौँ’, उनले भनिन् । 

पमोहाको गाउँमा धेरै परिवारहरूले आफ्ना छोराछोरीलाई स्कुलको सट्टा ढुङ्गाको काम गर्न पठाउँछन् ।  ताकि उनीहरूले केही रुपैयाँ कमाउन सकुन् ।

न्यून आय स्रोत भएका मानिसहरुको धेरै बसोबास रहेको यो गाँउका स्कुलको शूल्कका सट्टामा काम नलाग्ने प्लास्टिक अक्षर दिए पुग्ने भएपछि सयौँको संख्यामा विद्याथीहरु स्कुल भर्ना भएका थिए । तर, अक्षरले अहिले  त्यहाँको बालबालिकाको जीवनशैलीमा समेत परिवर्तन ल्याएको छ । 

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?