स्वरुप राज आचार्यको गीतमा अप्सना र सुमनको अभिनय

काठमाडौं । सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ”प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ । 

अर्जुन थापा मगरको शब्द तथा संगीत एवं एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन । दुनियाँले मायाको बाटोमा फाटो बनाउन खोजेपनी प्रेम सधै सफल हुने कुरालाई गीतमा सर्वोकृष्ट रुपमा व्यक्त गरिएको छ । 

मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ ।

”प्रतिज्ञा प्रेमको” गीतको भिडियोमा अप्सना थापा र सुमन परियारको लोभलाग्दो अभिनय रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?