आठौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं । सशस्त्र प्रहरी बल ‘एपीएफ’ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज ‘बिहीवार’ सम्मान गरेको छ ।

प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गरेको हो । 

उक्त प्रतियोगितामा एपीएफ क्लब तेस्रो भएको थियो । एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८०  कास्यसहित कूल २ सय २ पदक पदक जितेको थियो ।

सम्मानस्वरुप एपीएफले स्वर्ण पदक विजेता खेलाडीलाई जनही १० हजार प्रदान ग-यो भने रजत विजेतालाई सात हजार तथा कास्य विजेतालाई पाँच हजार प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?