काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं । काठमाडौंको नाढुंगाबाट अवैध लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीवार बिहान ९ बजे वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७४२ नम्बरको बस र विराटनगरबाट काठमाडौं आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृृत्त थानकोटले लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट  लागूऔष नाईट्राभेट १४४० ट्याबलेट, नुफिम ९९ एम्पलm डाईजेल्याब ९८ एम्पल र फेनारगत ९६ एम्पल र लागूऔषध खैरो हेरोइन ४ सय ९९ ग्राम बरामद गरेको छ । 

पक्राउ पर्ने व्यक्तिहरुमा वीरगञ्ज महानगरपालिका ३२ घर भएका वर्ष २४ का अक्लेस खास थारु, वर्ष २४ का गौरी शंकर ठाकुर, किशोर ठाकुर (सोनाम) रहेका छन् । त्यस्तै पसौ जगन्नाथपुर २ घर भइ हाल काठमाडौं मुलपानी बस्ने वर्ष २६ को जय किशोर ठाकुर, कैलाली धनगढी घर भई हाल मुलपानी बस्ने वर्ष २४ को मिरण लामा, मोरङ १८ घर भएका वर्ष २५ का आनन्द गिरी र मोरङ १४ घर भएका वर्ष २४ का प्रकाश यादव रहेका छन् । 

यस विषयमा थप अनुसन्धान भइहरको प्रहरीले जानकारी दिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?