गरिमा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

बिहीवार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसी खरिद गर्न सक्नेछन् । 

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको काठमाडौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा र ३३ वटा एटीएम सञ्चालनमा रहेको छ । 

विकास बैंकले छिट्टै नै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्न लागेको जानकारी बैंकका कार्यकारी अधिकृत ढकालले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?